नेपाल आइडल-४ काे विजेता भए भूपेन्द्र थापा

नेपाल आइडल-४ काे विजेता भए भूपेन्द्र थापा

केन्द्रबिन्दु
0
Shares

नेपाल आइडल सिजन ४ काे विजेता भैरहवाका भूपेन्द्र थापा भएका छन् । एपी वान च्यानलबाट गायन प्रतिभा चाैंथाे संस्करण नेपाल आडलमा टप ५ मा पुगेका भूपेन्द्रले सबैभन्दा बढी मत ल्याई विजेता बनेका हुन्। 

उनीसँगै ५ प्रतिस्पर्धी थिए, शनिबार साँझ भएकाे ग्राण्ड फिनालेमा थापा चाैंथाे संस्करणकाे सर्वाेत्कृष्ट भई उपाधि चुम्न सकेका हुन्। थापा ३० लाख रुपैयाँ नगद र ट्रफीसहित विभिन्न स्पाेन्सरबाट पुरस्कृत भएका छन्।

थापा टप पाँचमा परेपछि गत साता भाेटकाे अपिलका लागि भैरहवा पुगेका थिए। भैरहवास्थित सनसाइन स्कुल पढेका उनलाई स्कुल र स्थानीयले सपाेर्ट गरेर नै उपाधि दिलाउन सकेका छन्। 
त्यस्तै फस्ट रनरअप झापाका नाम्गेल तामाङ, सेकेन्ड रनरअप रामेछापका रञ्चित नेपाल भएका छन्।
झापाका विश्वास उप्रेती र मोरङकी लक्ष्मी पौडेल क्रमशः चौंथो र पाँचौं भए ।               

तस्बिर साैजन्य : AP1HD

Logo