नायिका प्रियंका कार्कीविरुद्ध केन्द्रीय अनुसन्धान ब्युरोकाे अनुसन्धान

नायिका प्रियंका कार्कीविरुद्ध केन्द्रीय अनुसन्धान ब्युरोकाे अनुसन्धान

केन्द्रबिन्दु
0
Shares

नायिका प्रियंका कार्कीविरुद्ध केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान थालेको छ। डिजिटल मुद्रा ‘क्रिप्टोकरेन्सी’ को प्रचार गरेको आरोप लागेपछि उनीविरुद्ध केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान थालेकाे हाे।

बयानका लागि आज उनलाई केन्द्रिय अनुसन्धान ब्युरोमा बोलाइएको थियाे ।

विभिन्न प्रोडक्टहरूको प्रचार गर्दै आएकी उनले ‘क्रिप्टोकरेन्सी’को समेत प्रचारसहितको सामाग्री सामाजिक सन्जालमा पोस्ट गरेकी थिइन् । त्यसकै अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई बाेलाएकाे हाे ।

नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी गैरकानुनी रहेको भन्दै त्यस्तो कारोबारमा बन्देज लगाएकाे छ। राष्ट्र बैंकले यस्ताे कारोबार गरेकाे पाइए कानुनी कारबाही हुने चेतावनी दिँदै आएको छ।

नेपालमा पछिल्लाे समय क्रिप्टोकरेन्सीकाे गैरकानुनी काराेबार भइरहेकाे पाइएपछि राष्ट्र बैंकले यसकाे निगरानी गरिरहेकाे छ।

Logo