चलचित्र ठगराजको गीत ‘माया बसेको रैछ’ मा प्रताप र दीपाको स्वर

चलचित्र ठगराजको गीत ‘माया बसेको रैछ’ मा प्रताप र दीपाको स्वर

केन्द्रबिन्दु
0
Shares

चलचित्र ‘ठगराज’ को पहिलो गीत ‘माया बसेको रैछ’ मा गायक प्रताप दास र गायिका दीपाले स्वर दिएका छन् । चलचित्र पत्रकार तथा लेखक, निर्देशक लक्ष्मण सुवेदीको लेखन, निर्माण तथा निर्देशनमा बन्न लागेको चलचित्रको गीतमा दीपक शर्माको संगीत रहेको छ । ‘माया बसेको रैछ’ बोलको गीतको शब्द सुवेदीले नै लेखेका हुन् । गीतको एरेन्ज शिवराम रसाइलीले गरेका हुन् । 

गोल्डेन स्टेट मूभि मेकर्स एलएलसी क्यालिफोर्नियासँगको सहकार्यमा दिलासा क्रिएसनको ब्यानरमा निर्माण हुने चलचित्र जेठमा छायाँकन गर्ने तयारी रहेको छ । सामाजिक कथावस्तुमा निर्माण हुने चलचित्रको कलाकार तथा प्राविधिक टिम छनोट कार्य भइरहेको निर्देशक सुवेदीले बताए । सुवेदीले सामाजिक कथा, जीवनको यथार्थसँग नजिकसँगै कमेडी, लभ र सेन्टिमेन्टको संयोजन चलचित्रमा हुने दाबी गरे । 

Logo