नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ३८ देशका ८९ फिल्म

नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ३८ देशका ८९ फिल्म

केन्द्रबिन्दु
0
Shares

नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को पाँचौं संस्करण आजदेखि काठमाडौंमा सुरु हुँदै छ । भौतिक रुपमा सञ्चालन हुने यो महोत्सवको नारा ‘विश्वभरीका कथाहरुको उत्सव, नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव’ राखिएको छ ।

नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीले आयोजना गरेको महोत्सव काठमाडौंको राष्ट्रियसभा गृह र पर्यटन बोर्डको हलमा चैत २१ गतेसम्म चल्ने छ । आज पहिलो दिन राष्ट्रिय सभागृहमा साँझ साढे ५ बजे डा. पुरु लम्सालको ‘गुरु पर्व’ प्रदर्शन गरिने छ । 

महोत्सव अवधिभर ३८ देशका ८९ वटा चलचित्र, वृत्तचित्र र एनिमेटेड चलचित्रहरु प्रदर्शन र प्रतिस्पर्धा गराइने छ । निफका अध्यक्ष केपी पाठकका अनुसार ती राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामा-छोटा चलचित्र, वृत्तचित्र तथा एनिमेटेड चलचित्रबीच ७ वटा विधामा प्रतिस्पर्धा हुने र उत्कृष्टताका आधारमा १४ वटा पुरस्कार वितरण गरिने छ ।

Logo