‘हिमालय रोडिज सिजन ४’को उपाधि नसिव तामाङलाई

‘हिमालय रोडिज सिजन ४’को उपाधि नसिव तामाङलाई

केन्द्रबिन्दु
0
Shares

टेलिभिजन रियालिटी शो ‘हिमालय रोडिज सिजन ४ को उपाधि नसिव तामाङले जितेका छन् । सोमबार भएको ग्राण्ड फिनालेमा अर्का फाइनलिस्ट रोशन श्रेष्ठलाई पछि सार्दै नसिवले हिमालय रोडिजको चौथो सिजनको उपाधि हात जीतेका हुन् ।

प्रतिस्पर्धाका लागि लिइएको फाइनल टास्कलाई सबैभन्दा कम समयमा पूरा गरेपछि उनलाई विजेता घोषित गरिएको हो । उपाधिसँगै उनले नगद १० लाख रुपैयाँ, यामाहाको स्कुटर र ट्रफी पाएका छन्। निर्णायकमा रेमन श्रेष्ठ, अनुपविक्रम शाही, दीया मास्के, आशिष राना लाउरे र पहिलो संस्करणका विजेता समन श्रेष्ठ थिए ।

हिमालय रोडिजको यो सिजनलाई सिमोस सुनुवारले निर्देशन गरेका हुन् । भारतीय कम्पनी भायकमबाट लाइसेन्स लिएर नेपालमा निर्माण भएको रोडिज हिमालय टेलिभिजनबाट प्रसारण हुँदै आएको छ ।

तीन महिना अघिदेखि सुरु भएको हिमालय रोडिजको यो सिजनमा १८ जनाले प्रतिस्पर्धा गरेका थिए । यसपटकको संस्करणलाई सिजन अफ सर्भाइभल पनि भनिएको छ । 

Logo