सत्यराज आचार्यकाे “सानी” सार्वजनिक (भिडियाेसहित)

सत्यराज आचार्यकाे “सानी” सार्वजनिक (भिडियाेसहित)

केन्द्रबिन्दु
0
Shares

देव गहतराजकाे प्रस्तुतिमा "सानी र्याँई र्याँई र्याँई" बाेलकाे गीत सार्वजनिक भएकाे छ। 

उनैकाे लेखन र सङ्गीतसमेत रहेकाे यस गीतमा प्रसिद्ध गायक तथा सङ्गीतकार सत्यराज आचार्य र अर्की चर्चित गायिका मिलन नेवारले आवाज भरेका छन् । 

नयाँ बर्ष २०७९ का प्रथम दिनकाे अवसर पारेर याे गीतलाई रिलिज गरिएकाे छ। यस गीतलाई गाेपाल रसाईलीले सङ्गीत संयाेजन गरेका हुन् । यसकाे रेकर्डिङ्ग किरण विक र कमल थापाले गरेका हुन् भने मिक्सिङ्ग अनि मास्टरिङ्ग चाहिँ श्यामश्वेत रसाईलीले गरेका छन् । 

लाेकशैलीमा आधारित डान्सिङ प्याटर्नकाे गीतलाई म्यूजिक भिडियाेसहित तयार पारिएकाे छ। जसलाई चर्चित काेरियाेग्राफर कविराज गहतराजले निर्देशन गरेका हुन् । 

चर्चित गायक तथा अभिनेता प्रकाश सपूत र अर्की चर्चित नायिका आँचल शर्माले अभिनय गरेका छन्। साैरभ लामाकाे छायाङ्कन अनि अर्जुन जिसीकाे सम्पादन रहेकाे भिडियाेकाे रङ्ग संयाेजन रेनिश फागाेले गरेका छन्। भिडियाेलाई सत्य-स्वरूप युट्युब च्यानलबाट सार्वजनिक गरिएकाे छ।

 

Logo