निताको ह्रस्व दीर्घ रामोजी फिल्म सिटीमा खिचिने

निताको ह्रस्व दीर्घ रामोजी फिल्म सिटीमा खिचिने

केन्द्रबिन्दु
0
Shares

अभिनेत्री निता ढुंगानाको कम्पनी निता फिल्मस्ले निर्माण गर्न लागेको फिल्म ‘ह्रस्व दीर्घ’ भारतको प्रख्यात रामोजी फिल्म सिटीमा खिचिने भएको छ । निर्मात्री तथा फिल्मकी प्रमुख अभिनेत्री निताका अनुसार हालै फिल्म निर्माण कम्पनी र फिल्म स्टुडियोबीच सम्झौता भएको छ । रामोजी फिल्म सिटीलाई संसारकै सर्वाधिक ठूलो फिल्म सिटीको रूपमा चिनिन्छ । यो फिल्म सिटीले गिनिज बुक अफ वर्ल्ड रेकर्डमा पनि नाम दर्ता गराइसकेको छ ।

बलिउड तथा दक्षिण भारतीय फिल्महरू छायांकन हुने रामोजी फिल्म सिटीमा पहिलो पटक नेपाली फिल्म छायांकन हुन लागेको हो । निता र हरिहरको प्रमुख भूमिका रहने फिल्ममा केही भारतीय कलाकारहरूको पनि अभिनय रहनेछ ।

फिल्ममा ‘गजनी’ भिलेन प्रदीपराजसहित दक्षिण भारतीय फिल्मका चर्चाका कलाकारहरू अभिनयमा रहनेछन् । चन्द्र पन्तको निर्देशनमा बन्ने फिल्मको प्रतिलिपि अधिकार निर्माण कम्पनीले आफ्नो ब्यानरमा दर्ता गरेका छन् ।

‘नेपाली फिल्म पाइरेसीदेखि कथा जुध्ने र सोही प्रकृतिका विषयवस्तु अन्य कम्पनी र फिल्महरूदेखि सामाजिक सञ्जालसम्ममा प्रयोग हुने क्रम बढेकोले फिल्मको नाम र स्क्रिप्टको प्रतिलिपि अधिकार दर्ता गरी अन्य कसैले ‘ह्रस्व दीर्घ’मा समेटिएका कुनै पनि कथा, संवाद र प्लट ९कन्टेन्ट० प्रयोग गर्न नपाउने गरी प्रतिलिपि रजिस्ट्रारको कार्यालयमा दर्ता गरेका छौँ’, निताले भनिन् ।

फिल्म साउनबाट फ्लोरमा जानेछ । फिल्मको छायांकार कबिर लाल हुन् ।

Logo