असारमा बिहे गर्दै लभबर्ड नीता र हरिहर

असारमा बिहे गर्दै लभबर्ड नीता र हरिहर

केन्द्रबिन्दु
0
Shares

नायिका नीता ढुंगाना र नायक तथा ज्योतीष हरिहर अधिकारीले बिहेको तयारी गरेका छन् । 

लभबर्ड नीता र हरीहरले असारको अन्तिम साता बिहेको तयारी गरेका हुन् । यो जोडीले असारको अन्तिम साता बिहे गर्ने तय भएपनि दिन तय गरिसकेका छैनन् ।  हालसम्म आफुहरुको प्रेमबारे औपचारिक रुपमा सार्वजनिक नगरेका यी दुई विगत ३ बर्षदेखि एक अर्काको प्रेममा रहेको बताइन्छ ।

प्रेम सम्बन्धमा रहेपछि नीता र हरिहरले म्युजिक भिडियो, चलचित्रको काम पनि एकसाथ गरिरहेका छन् । यस जोडीले अब नयाँ फिल्म ‘ह्रस्व दीर्घ’ बनाउने तयारी गरेको छ । फिल्मको छायांकन बिहेपछि हुने वुझिएको छ ।

Logo