रणवीर सिंहपछि विष्णु विशालको नग्न फोटोशूट

रणवीर सिंहपछि विष्णु विशालको नग्न फोटोशूट

केन्द्रबिन्दु
0
Shares

बलिउड अभिनेता रणवीर सिंहको केही दिन अघिको नग्न (नेकेड) फोटोसुटको चर्चा नसकिँदै एक अभिनेताले पनि नग्न फोटोसुट गरेका छन् ।  

तामिल स्टार विष्णु विशाल प्रसिद्ध पूर्व ब्याडमिन्टन खेलाडी ज्वाला गुट्टाका श्रीमान हुन् । अझ चाखलाग्दो कुरा के छ भने विष्णु विशालका उक्त नग्न तस्विरहरू ज्वाला गुट्टाले क्लिक गरेकी हुन् । बिना कपडा बेडरुममा सुतेका विष्णु विशालले आफ्नो नग्न तस्विरहरू इन्स्टाग्राममा सेयर गर्दै आफू यो ट्रेन्डमा सामेल भएको लेखेका छन् ।

तामिल स्टार विष्णु विशालका उक्त तस्विरहरु अहिले सोसल मिडियामा भाइरल भइरहेका छन् । फिल्म स्टारका फ्यानहरूले उनलाई सामाजिक सञ्जालमा चर्को ट्रोल गरिरहेका छन् । 
 

Logo