…ऊ बेलाका कुरा, हो म खाना खान बिर्सिन्छु : स्वस्तिमा

…ऊ बेलाका कुरा, हो म खाना खान बिर्सिन्छु : स्वस्तिमा

केन्द्रबिन्दु
0
Shares

अभिनेत्री स्वस्तिमा खड्काले स्कुल पढ्दाका केही रमाईला कुरालाई सम्झिदै सामाजिक संजालमा पोस्ट गरेकी छिन ।

उनले स्कुल पढ्दा शिक्षकका चर्चित प्रश्नलाई उत्तर दिएझैं इन्स्टामा रमाईलो माहोल बनाएकी छिन् । अक्सर विद्यार्थीहरुले होमवर्क, कपी, कलम आदि केही स्कुल ल्याउन बिर्सिए भन्दा शिक्षकले भात खान त बिर्सिनस ? भनेर व्यांग्य गर्ने गर्छन ।   स्वतिमाले यहि व्यांग्य प्रश्नको को उत्तर हस्यौली पारामा दिएकी छिन् । उनले लेखेकि छिन्, म मेरा गुरुहरुलाई भन्न चाहान्छु कि आजकल म खाना खान पनि बिर्सिन्छु । यति लेख्दै उनले हाँसेको इमोजी प्रयोग गरेकी छिन् । 


शिक्षकबाट यस्तो प्रश्न आउदा विद्यार्थीहरु जवाफ विहिन हुने गर्छन । त्यतिबेला खाना खान त कस्ले बिर्सिन्छ र यस्तो प्रश्न गरेको होला भनेर सोच्ने गरे पनि आज आफू काममा व्यस्त भएर खाना खाने समय समेत नहुदा ति कुरा स्वस्तिमा स्मरण गर्छिन । त्यही प्रश्न आज कसैले सोधे हो म खाना खान समेत बिर्सिन्छु भनेर उत्तर दिन तयार भएको स्वस्तिमा  बताउँछिन् ।

Logo