आमा बन्दै बिपशा बासु

आमा बन्दै बिपशा बासु

केन्द्रबिन्दु
0
Shares

बलिउड इन्डस्ट्रीका क्यूट जोडी मध्ये एक बिपाशा बासु र करण सिंह ग्रोवरको बारेमा एउटा ठूलो खबर बाहिर आएको छ ।

खबरका अनुसार बलिउड सुन्दरी बिपाशा बासु गर्भवती छन् । उनी र करण सिंह ग्रोवर अभिभावक बन्न लागेका छन् । बिपासा बासु र करण सिंह ग्रोवरले आगामी दिनमा आफ्नो पहिलो सन्तानको प्रतीक्षा गरिरहेका छन् ।

बिपाशा बसु र करण सिंह ग्रोवरले सन् २०१६ को अप्रिल महिनामा विवाह गरेका थिए । विवाहको ६ बर्षपछि उनीहरुले परिवार बिस्तारको बारेमा सोचेका छन । बिपाशाले चाँडै फ्यानहरूलाई यो खुसीको खबर सुनाउन सक्छिन् ।

बिपाशा र करणले गर्भावस्थाको पुष्टि भने गरेका छैनन् तर बिभिन्न बलिउड सेलेब्रिटिहरुले यस्तो खबर दिदै बधाई दिइरहेका छन ।

Logo