इन्स्टा एजुकेशनल कन्सल्टेन्सी एण्ड भिसा सर्विसेजको ब्राण्ड एम्बास्डरमा नम्रता सापकोटा

इन्स्टा एजुकेशनल कन्सल्टेन्सी एण्ड भिसा सर्विसेजको ब्राण्ड एम्बास्डरमा नम्रता सापकोटा

केन्द्रबिन्दु
0
Shares

इन्स्टा एजुकेशनल कन्सल्टेन्सी एण्ड भिसा सर्विसेजको ब्राण्ड एम्बास्डरमा नायिका तथा मोडल नम्रता सापकोटा नियुक्त भएकी छन् ।

आईतवार एक कार्यक्रमबीच विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई लक्षित गर्दै सञ्चालनमा आएको कन्सल्टेन्सी र नायिका नम्रताबीच सम्झौता पत्र आदानप्रदान भएको हो । उनि ब्राण्ड एम्बास्डरमा नियुक्त हुनुअघि कन्सल्टेन्सीको नेपाल कार्यालय उद्घाटन गरिएको थियो । ब्राण्ड एम्बास्डरमा नियुक्त भएपछि नम्रताले आफूमाथि थप जिम्मेवारी थपिएको बताइन् ।

उनले आफूले बोल्दा कसैको जीवनसँग सम्बन्धित हुने भएकाले राम्ररी बुझेर, सोचेर र सम्झेर मात्र ब्राण्ड एम्बास्डर बन्ने निर्णय गरेको बताइन् । उनले उच्च शिक्षाका लागि विदेश जाने सोँच भए कल्सलटेन्सीमा आएर बुझ्न आग्रह समेत गरिन् । उनले भनिन्, ‘बाहिर जाने कुरा एउटा व्यक्तिको जीवन र करिअरसँग जोडिन्छ ।

विदेशमा पढ्न जाने निर्णय गर्दा जिन्दगीको स्वर्णिम चिजहरु जम्मा गरेर आफ्नो जिन्दगी अगाडि बढाउनु पर्छ । आजबाट मेरो अझ जिम्मेवारी बढेको महशुस भएको छ । किनभने, अब मेरो हरेक बोलीमा कसैको जीवन र करिअर जोडिएको हुन्छ । त्यसैले यो जिम्मेवारी एकदमै गाह्रो छ । विद्यार्थीहरुलाई सही मार्गनिर्देशन गर्न म सञ्चालकहरुलाई सधैं झकझक्याइरहनेछु ।’ 

इन्स्टा एजुकेशनल कन्सल्टेन्सी एण्ड भिसा सर्विसेजको अस्ट्रेलियाको सिड्नीमा केन्द्रिय कार्यालय रहेको छ । यस कन्सल्टेन्सीबाट अस्ट्रेलियासँगै क्यानडा, अमेरिका लगायतका राष्ट्रमा जान चाहने विद्यार्थीलाई पनि सहजीकरण हुने विश्वास लिएको एजुकेशन कन्सल्टेन्सी एशोसियस अफ नेपाल (इक्यान) का अध्यक्ष प्रकाश पाण्डेले बताए। 

उनले विद्यार्थीहरुले पनि बाहिर उच्च शिक्षाका लागि अध्ययन गर्न जाँदा सम्बन्धित देशको बारेमा बुझ्न र कन्लसटेन्सीले बुझाउन आवश्यक रहेको बताए । कन्सल्टेन्सीको कार्यालय उद्घाटन कार्यक्रममा गायक थानेश्वर गौतम, निर्देशक सुव्रतराज आचार्य, गायिका रितु कँडेल लगायतको पनि उपस्थिति थियो ।

Logo