शिब र देविकाको तिज गित ‘नाई बाबा नाई’ सार्वजनिक (भिडियो सहित)

शिब र देविकाको तिज गित ‘नाई बाबा नाई’ सार्वजनिक (भिडियो सहित)

केन्द्रबिन्दु
0
Shares

लोकगित सँगितको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल तथा हाल क्यानडा बस्दै आएकी गायिका देबिका केसीले नयाँ तिजगित ‘नाइ बाबा नाई’ सँगित बजारमा ल्याएकी छिन ।  

यो गीतलाई गायिका देविकाले आफ्नै अफिसियल च्यानल ‘देविका केसी’बाट रिलिज गर्नुभएकाे छ ।  गितमा गायिका तथा मोडल प्रिती आलेको जोडदार अभिनय रहेको छ । आलेलाई राजकुमार अधिकारीले साथ दिएका छन ।

आफ्नै साथीको दाई मन परेपछि एक युवतीले ती साथीको दाईलाई राखेको प्रेम प्रस्तावमा यो गीत आधारित रहेको गीतकार हमालले बताउनुभयाे,‘नयाँ पुस्तामा पनि तीज पर्वको महत्व जगाउन र उनीहरुलाई आकर्षित गर्न टिन एजरलाई लक्षित गरेर हामीले यो गीत तयार गरेको हो । गीतले राम्रो प्रतिक्रिया पाएको छ ।’ गीतकार हमालले भन्नुभयाे ।

 यो गीत निकै राम्रो बनेको कारण यसपटक आफ्नै च्यानलबाट नाई बाबा नाईको भिडियोलाई रिलिज गरेको देविकाले बताउनुभयाे । 

बिगत डेढ दशकदेखि तीज गीत निकाल्दै आएकी उहाँले बिगत झै यसपटक पनि तीजलाई लक्षित गरेर यो गीत ल्याएको बताउनुभयाे । गीतकार शिब हमालसँग अघिल्लो गीत धनगढी हिट भएपछि यसपटक फेरी यो मिठो गीत ल्याउने अवसर जुरेको पनि गायिका देविकाले बताउनुभयाे । यो तीज गीतको भिडियो पनि त्यत्तिकै आकर्षक बनेको छ ।  

प्रकाश धमलाले सम्पादन गरेको यो भिडियोलाई राजेश घिमिरेले खिच्नुभएको हाे । भिडियो गायिका देविका केसी स्वयम् पनि साथीहरुसँग गायिकाको रुपमा प्रस्तुत हुनुभएकाे छ । 

सिन्धुपालचोकको काठ क्षेत्रमा जन्मिए र पूर्वदेखि पश्चिमसम्मका सबै लोक भाका बजारमा ल्याउनुभएकी देविका सबै प्रकारका गीत गाउन सक्ने गायिकाको रुपमा लोकप्रिय हुनुहुन्छ । गायन यात्राको यो दुई दशकमा गोल्डेनको सारी. धनगढीमा किन्याको नयाँ गलबन्दी,बाजी ठोकम आउ,सहित सैयौं हिट गीतहरु उहाँले नेपाली संगीत क्षेत्रलाई दिनुभएकाे छ ।

 

Logo