किरण चेमजोङले गरे खेल मैदानमै प्रेमिकालाई विवाहको प्रस्ताव

किरण चेमजोङले गरे खेल मैदानमै प्रेमिकालाई विवाहको प्रस्ताव

केन्द्रबिन्दु
0
Shares

नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान गोलकिपर किरण चेमजोङले खेल मैदानमै प्रेमिकालाई विवाहको प्रस्ताव गरेका छन् ।

सोमबार माल्दिभ्सको फुटबल मैदानमै उनले आफ्नी प्रेमिका कञ्चन निरौलालाई औंठी लगाइदिएर विवाहको प्रस्ताव गरेका हुन् । किरणले मैदानमै प्रस्ताव गरेको भिडियो फेसबुकमार्फत सार्वजनिक गरेका छन् । उनले लेखेका छन्, ‘मैले तिमीलाई रोजेँ, तिमीलाई नै रोज्नेछु र रोजिरहनेछु, कुनै विराम बिना, कुनै शङ्का बिना, मुटुको धड्कनमा ।

म तिमीलाई नै रोजिरहनेछु ।’ कन्चनले किरणको प्रेम प्रस्ताव स्वीकार गरेकी छिन् । अहिले मैदानमा नै किरणले प्रेम प्रस्ताव राखेको भिडियो सामाजिक सञ्जालमा भाइरल छ । एयर होस्टेज रहेकी कन्चन र किरण पछिल्लो डेढ वर्षयता डेट गरिरहेका थिए । धिवेही प्रिमियर लिगमा किरण उत्कृष्ट गोल रक्षक घोषित भएका छन् । किरण आबद्ध माजिया स्पोर्ट्स एण्ड रिक्रिएसनले उपाधि जितेको थियो ।

 

Logo