अक्षय भन्छन्–घिन लाग्दो फिल्ममा काम गर्दिन

अक्षय भन्छन्–घिन लाग्दो फिल्ममा काम गर्दिन

केन्द्रबिन्दु
0
Shares

अभिनेता अक्षय कुमार अभिनित फिल्म ‘रक्षा बन्धन’ यही अगष्ट ११ मा रिलिज हुँदैछ ।

फिल्मलाई सेन्सर बोर्डले ‘यू’ सर्टिफिकेट दिइसकेको छ । फिल्मको कथा एक दाजु र उनका चार बहिनी वरपर घुमेको छ । अक्षयले आफ्ना फ्यानलाई आफू ‘घिनलाग्दो’ फिल्म नबनाउने र त्यस्ता फिल्ममा अभिनय पनि नगर्ने बताएका छन् । ‘म अलग अलग किसिमका कथामा अघि बढ्न चाहन्छु । म कुनै पनि किसिमको छवि बनाउन चाहदिनँ । मैले काम गर्ने भनेको पारिवारिक फिल्ममा नै हो ।

घिन लाग्दो फिल्ममा काम गर्दिनँ,’ उनले भनेका छन् । उनले आफ्नो प्रयासबिना कुनै झण्झट परिवारसँग बसेर हेर्ने खालको फिल्ममा केन्द्रीत रहेको उल्लेख गरेका छन् । अक्षयको यो फिल्म र आमिर खानको ‘लाल सिंह चड्डा’ एकैदिन रिलिज हुँदैछ ।

एजेन्सी

Logo