अक्षयले तिर्ने ट्याक्स भन्दा मेरो पारिश्रमिक कम छ : अभिनेत्री तापसी पन्नु

अक्षयले तिर्ने ट्याक्स भन्दा मेरो पारिश्रमिक कम छ : अभिनेत्री तापसी पन्नु

केन्द्रबिन्दु
0
Shares

बलिउड अभिनेत्री तापसी पन्नु एकवर्षमा सबैभन्दा धेरै फिल्ममा काम गर्ने नायिका मध्ये एकमा पर्छिन् । कहिलेकाहि तापसी पन्नुलाई सुपरस्टार अक्षय कुमारसँग पनि लगातार कैयौं फिल्म खेलेका कारण तुलना गरिन्छ । 

तापसी पन्नु र निर्देशक अनुराग कश्यप नायक अक्षय कुमारसँग नायिकाको तुलना गलत भएको बताउछन् । हालै तापसी पन्नु र अनुराग कश्यप आरजे सिद्धार्थ कन्ननको शोमा पुगेका थिए । तापसी पन्नुको फिल्म ‘दोबारा’ छिट्टै सिनेमा हलमा प्रदर्शनीमा आउँदैछ । जसलाई अनुराग कश्यपले निर्देशन गरेका हुन् ।

यस क्रममा आरजे सिद्धार्थले तापसीलाई ‘लेडी अक्षय कुमार’ भनेका थिए । सिद्धार्थले यसो भन्नुको पछाडी नायिकाले एकवर्षमै धेरै फिल्म खेल्ने भएकाले भनेका थिए । जवाफमा तापसीले भनिन्, ‘मैले यो कम्प्लिमेन्टलाई कृतज्ञताका साथ स्वीकार गर्ने थिएँ ।

 यदि मैले पनि अक्षय कुमारले पाए जति नै पारिश्रमिक पाएको भए, तर बिडम्बना यस्तो कहिल्यै भएन ।’ उनी थप्छिन् ‘अक्षय कुमार बलिउडमै सबैभन्दा धेरै कमाउने र सबैभन्दा बढी कर तिर्ने अभिनेता मध्ये एकमा पर्छन । तर मैले उनी जति कहिल्यै पारिश्रमिक पाईन ।’ 

अनुराग पनि तापसीको भनाईमा थप्दै भन्छन् उनी (अक्षय कुमार) संसारको छैटौं धनी अभिनेतामा पर्छन । तापसी त उनको वरिपरि पनि छैनन ।’

फोर्वस इन्डियाको एक रिपोर्ट अनुसार अक्षय कुमार एकमात्र भारतीय अभिनेता हुन् जो फोर्ब्स अमेरिकाले सन् २०१९ को लागि विश्वमा सबैभन्दा धेरै कमाउने सेलिब्रेटीहरूको सूचीमा परेका थिए । सन् २०२० मा पनि अक्षयलाई विश्वको छैटौं धनी अभिनेतामा परेका थिए । फोर्वस म्यागजिनको रिपोर्ट अनुसार अक्षय कुमारले एक वर्षमा ३ सय ८५ करोड रुपिया कमाउने गरेका छन् । अनुराग कश्यपसँग तापसी पन्नुको यो तेस्रो फिल्म हो ।

यसअघि उनी विक्की कौशल र अभिषेक बच्चनसँग अनुरागको फिल्म ‘मनमर्जियाँ’ मा देखिएकी थिइन् । यस बाहेक तापसीले अनुराग कश्यपले निर्माण गरेको ‘साँद की आँख’ मा पनि काम गरेकी थिइन् । अनुरागसँगको तेस्रो फिल्म ‘दोबारा’ यहि भदौ १९ गतेबाट विश्व ब्यापी हलहरुमा रिलिज हुँदैछ ।

Logo