‘आईईसी डिजाइनर रनवे ११’ फेसन शो सम्पन्न

‘आईईसी डिजाइनर रनवे ११’ फेसन शो सम्पन्न

केन्द्रबिन्दु
0
Shares

आईईसी कलेजको आयोजनामा ‘आईईसी डिजाइनर रनवे ११’ फेसन शो शनिबार सम्पन्न भएको छ ।

आईईसी कलेजको आयोजनामा भएको सो फेसन शोको म्यानेजमेन्ट नेक्स्ट मोडल्स नेपालले गरेको थियो । 

कार्यक्रममा आर्ईईसी कलेजकै १९ औं ब्याचका पासआउट विद्ययार्थीहरुले आफ्नो डिजाइन प्रस्तुत गरेका थिए । कार्यक्रममा ६१ जना आईईसी कलेजका  विद्ययार्थीहरुले तयार पारेका पहिरन भारतका ६ र नेपालका २४ गरी जम्मा ३० जना मोडलहरुले लगाई र्याम्प वाक गरेका थिए । 

कार्यक्रममा विद्यार्थीहरुले अन्डर वाटर लाइफ, नर्स माइथोलजी, कट्स एण्ड नचेस लगायत विभिन्न विधामा आफ्नो पहिरन प्रस्तुत गरेका थिए । कार्यक्रमको मुख्य आकषर्णका रुपमा फेसन शोका अन्तर्राष्ट्रिय कोरियोग्राफर अभिमन्यु सिंह तोमर थिए । उनले पनि कार्यक्रमको अन्त्यतिर र्याम्प वाक गरेका थिए । 

आईईसी कलेजबाट ग्याजुएट भई सकेका विद्ययार्थीहरुले २६७ बुटिक र ८९ इन्टेरियर डिजाइन संस्थाहरुमा काम गरिरहेकी उद्दघोषक पूर्व मिस नेपाल सदिक्षा श्रेष्ठले बताइन् । आईईसी कलेजले विद्ययार्थीहरुलाई पढाउने मात्र नभएर उनीहरुको भविष्य निमार्णमा पनि सहयोग गर्ने उनको भनाइ थियो । 

फेसन शोमा पूर्व मिस नेपाल अस्मी श्रेष्ठ, नायिका आँचल शर्मा, नायक आकाश श्रेष्ठ, रुविना थापा लगायत विभिन्न सेलिब्रिटीहरुले र्याम्प वाक गरेका थिए ।


 

सौजन्यः महेश प्रधान

Logo