प्रदेश नं १ मा ६४ जना सङ्क्रमित थपिए : प्रदेशमा कूल संख्या २,७२३ पुग्याे , १७ जनाको मृत्यु

प्रदेश नं १ मा ६४ जना सङ्क्रमित थपिए : प्रदेशमा कूल संख्या २,७२३ पुग्याे , १७ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

विराटनगर ।

पछिल्लो २४ घण्टामा प्रदेश नं. १ मा ६४ जना कोरोना सङ्क्रमित थपिएका छन् । थपिएकामा २४ महिला र ४० पुरुष छन् । थपिएका कोरोना सङ्क्रमितमा मोरङमा २९, सुनसरीमा १९, झापामा पाँच, धनकुटामा दुई, संखुवासभामा एक र प्रदेश बाहिरका आठ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

विराटनगरमा पछिल्लो २४ घण्टामा २३ जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । जसमा महिला १० र पुरुष १३ जनाको रिपोर्ट पोजेटिभ देखिएको हो । देखिने कोरोना सङ्क्रमितमा मोरङको सुन्दरहरैँचामा एक महिला र दुई पुरुष, बेलबारीमा एक महिला र एक पुरुष तथा जहदामा एक पुरुष रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार जिल्ला बाहिर सुनसरीको गढी गाउँपालिकामा तीन तीन महिला र पुरुष, दुहवीमा तीन पुरुष, बर्जुमा चार महिला र एक पुरुष, धरानमा दुई महिला र एक पुरुष तथा इटहरीमा एक महिलाको रिपोर्ट पोजेटिभ आएको छ । यस्तै झापाको बाह्रदशीमा एक महिला र चार पुरुष, धनकुटाको धनकुटा नगरपालिकामा दुई पुरुष, संखुवासभाको खाँदबारीका एक पुरुष र प्रदेश बाहिरका एक महिला तथा सात पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयको विवरणमा उल्लेख छ ।

प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार ७२३ पुगेको छ भने पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमित भई दुई जनाको मृत्यु भएको बताइएको छ । मृत्यु हुनेमा सुनसरीको धरान र विराटनगरका एकएक पुरुष छन् । प्रदेशमा मृत्यु हुनेको सङ्ख्या १७ पुगेको छ । हालसम्म मृत्यु हुनेमा विराटनगरका १०, धरानका तीन, बूढीगंगा गाउँपालिकाका दुई तथा रंगेली र सुनबर्षीका एकएक जना रहेको मन्त्रालयले जनाएको छ ।

प्रदेशबाट कोभिड–१९ आइसोलेसन केन्द्र रंगेलीबाट १२ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या एक हजार २८० पुगेको छ । पछिल्लो २४ घण्टामा प्रदेशमा एक हजार ५५० जनाको पिसिआर परीक्षण भई कुल ७८ हजार ७०२ जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयको भनाइ छ ।

Logo