दाङमा एकै घरका आठसहित १४ जनामा कोरोना सङ्क्रमण

दाङमा एकै घरका आठसहित १४ जनामा कोरोना सङ्क्रमण

केन्द्रबिन्दु
0
Shares

दाङ ।

दाङमा एकै परिवारका आठसहित १४ जनामा कोरोना सङक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणमा शान्तिनगर गाउँपालिका वडा नम्बर ४ का एकै परिवारका आठसहित नौ, शान्तिनगर–३ का एक जना र शान्तिनगर–५ का एक जनामा कोरोना सङक्रमण पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक हरि पुनले जानकारी दिए।

सङक्रमित हुनेमा पाँच वर्षिय बालकदेखि ४२ वर्ष उमेर समूहका रहेका छन् । शान्तिनगरका सङक्रमित सबै भदौ २ गते भारतबाट आएर क्वारेन्टिनमा बसेका उनले बताए । सङक्रमित ११ जनालाई बेलझुण्डीको कोरोना विशेष अस्पताल लगिएको छ ।

क्वारेन्टिनमा बसेका ४० को स्वाब परीक्षण गर्दा ११ मा सङ्क्रमण भेटिएको हो । शान्तिनगरमा अहिले १२ सक्रिय सङ्क्रमित छन् ।

Logo