धरानमा कोरोना संक्रमितले जन्माइन् स्वस्थ बच्चा

धरानमा कोरोना संक्रमितले जन्माइन् स्वस्थ बच्चा

केन्द्रबिन्दु
0
Shares

धरान ।

धरानस्थित विपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा २० वर्षीया कोभिड संक्रमित महिलाले स्वस्थ बच्चालाई जन्म दिएकी छिन् ।

आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । उनका अनुसार संक्रमित महिला विराटनगर महानगरपालिका २ की रहेकी छिन्।

बच्चाको तौल २.८ किलो ग्राम रहेको उनले बताए । ती महिला भदौ ३ गते अस्पतालमा भर्ना भएकी थिइन् । डा. सूर्यप्रसाद रिमालको टिमले गर्भवती संक्रमितको सकुशल उपचार गरेको थियो।

Logo