वीरगंजमा आज ३४ जना नयाँ संक्रमित थपिए

वीरगंजमा आज ३४ जना नयाँ संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

वीरगंज ।

पर्साको वीरगंजमा आज थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगंजस्थित नारायणी अस्पतालको प्रयोगशालामा गए राति गरिएको परीक्षणमा ६ महिला र २८ पुरुष गरी ३४ जनामा संक्रमण पुष्टि भएको हो ।

आज भेटिएका मध्ये वीरगंज महानगरपालिकाका २० जना र पर्सागढी नगरपालिकाका १४ जना रहेका छन् ।

योसँगै पर्सामा कोरोना संक्रमितको कूल संख्या १ हजार ९ सय ४४ पुगेको छ भने ३७ जनाको मृत्यु भएको छ ।

यसैबीच वीरगंज महानगरपालिकाका मेयर विजय सरावगिले २५ दिन पछि कोरोना जितेका छन् ।

Logo