लकडाउनकाे तनावलाई हटाउन यी खानेकुरा सेवन गर्नुहोस्

लकडाउनकाे तनावलाई हटाउन यी खानेकुरा सेवन गर्नुहोस्

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

कोरोना महामारीलाई हटाउन देशव्यापी लकडाउनका कारण मानिसहरू घरहरूमै लक भएका छन् । तर लामो समय घरमा बस्दै आएका कारण मानिसहरू अहिले तनाव र चिन्तामा डुबेका छन् । यसले उनीहरूको स्वास्थ्यलाई प्रत्यक्ष असर गरिरहेको छ । यस्तो अवस्थामा, हामीले तनावको सामना गर्न स्ट्रेस बस्टर फूडहरू समावेश गर्नु महत्वपूर्ण छ ।

१. डार्क चकलेट
चकलेट मुड सुधार्ने उत्तम विकल्प हो । वास्तवमा, चकलेटले शरीरमा एन्डोरफिनहरू सिर्जना गर्दछ । जसका कारण तनाव टाढा हुन्छ र तपाईंले राम्रो महसुस गर्नुहुन्छ । खाना पछि डार्क चकलेटको एक टुक्रा खानाले तपाईंको मुडलाई समेत बुस्ट गर्छ ।

२. केरा
केरामा रहेको पोटासियमले ब्लड प्रेसर कम गर्न मद्धत गर्दछ । जसले हाम्रो ब्लड प्रेसर सामान्य बनाउँछ । केरामा प्राकृतिक चिनी हुन्छ, जसले इनर्जी बुस्ट गर्दछ । यही कारणले स्वास्थ्य विशेषज्ञहरूले बिहानको ब्रेकफास्टमा केरा खाने सल्लाह दिन्छन्, ताकि शरीरमा आवश्यक ग्लूकोजको पूर्ति हुन सकोस् ।

३. मौसमी फल
सुन्तला, मौसम जस्ता मौसमी फलमा भिटामिन सी र एन्टीआक्सीडन्टहरू समावेश हुन्छ, जसले तनाव कम गर्ने काम गर्दछ । यसमा रहेको म्याग्नीशियमका कारणले, शरीरमा आराम हुन्छ र राम्रो निद्रा आउँछ । भिटामिन सीले हाम्रो शरीरको प्रतिरक्षा प्रणालीलाई मजबूत पार्छ र घाउहरू चाँडै निको पार्दछ ।

४. पिस्ता
पिस्तामा जिंक र म्याग्नेशियम हुन्छ, जसले टेन्स भएका स्नायुहरूलाई शान्त गर्छ । त्यसकारण अधिकांश व्यक्तिहरूले काम गर्ने ठाउँमा पिस्ता राख्दछन्, ताकि जब उनीहरूलाई केही नराम्रो लागेमा निकालेर खान सकियोस् । जब तपाईंले पनि तनाव महसुस गर्नुहुन्छ, त्यसबेला केही पिस्ताका पिसहरु खानुहोस्, तपाईंले सहज महसुस गर्नुहुनेछ ।

५. दही
अनुसन्धानले देखाए अनुसार पेटमा रहेको ब्याक्टेरियाबाट पनि तनाव हुन्छ । दहीमा रहेको प्रोबायोटिक्सले पाचन प्रणाली राम्रो बनाई पेटलाई मजबुत बनाउँछ । जसले दिमागलाई राम्रो भावनाको संकेत दिन्छ । दैनिक क्याल्सियम र प्रोटीनयुक्त दहीको सेवनले तनावको स्तर कम गर्दछ ।

Logo