आज ३ जनाको मृत्यु, नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १४९ पुग्यो

आज ३ जनाको मृत्यु, नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १४९ पुग्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १४९ पुगेको छ । आज ३ जनाको मृत्यु भएको छ । शनिबार ९ तथा शुक्रबार ११ जनाको मृत्यु भएको थियो ।

नेपालमा कोरोना संक्रमितको संख्या ३१,९३८ जना पुगेको छ । आज ८१८ जना थपिएका छन् ।

काठमाडौं उपत्यकामा आज १६६ संक्रमित थपिएका छन् । आज भक्तपुरमा २८ , ललितपुरमा १२ र काठमाडौंमा १२६ रहेका छन् । शनिबार २१६ थपिएका थिए । शुक्रबार १८२ थपिएका थिए । यस्तै विहिबार उपत्यकामा २०० जना थपिएका थिए । योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ३ हजार २ सय ६२ पुगेको छ ।

आज सक्रिय संक्रमितको संख्या १३,१४४ छन् । आज ८,०२६ जनाको पिसिआर परिक्षण गरिएको थियो ।

यस्तै नेपालमा निको हुनेको संख्या १८ हजार ६३१ पुगेको छ । आज २८१ जना निको भएका छन् । शनिबार १३६ निको भएका थिए । शुक्रबार २५० निको भएका थिए । विहिबार २६४ जना निको भएका थिए ।

Logo