थपिए ८१८ नयाँ संक्रमित, कूल संख्या ३१,९३५ पुग्यो

थपिए ८१८ नयाँ संक्रमित, कूल संख्या ३१,९३५ पुग्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
नेपालमा कोरोना संक्रमितको संख्या ३१,९३५ जना पुगेको छ । आज ८१८ जना थपिएका छन् ।

काठमाडौं उपत्यकामा आज १६६ संक्रमित थपिएका छन् । आज भक्तपुरमा २८ , ललितपुरमा १२ र काठमाडौंमा १२६ रहेका छन् । शनिबार २१६ थपिएका थिए । शुक्रबार १८२ थपिएका थिए । यस्तै विहिबार उपत्यकामा २०० जना थपिएका थिए । आज सक्रिय संक्रमितको संख्या १३,१४४ छन् । आज ८०२६ जनाको पिसिआर परिक्षण गरिएको थियो ।

यस्तै नेपालमा निको हुनेको संख्या १८ हजार ६३१ पुगेको छ । आज २८१ जना निको भएका छन् । शनिबार १३६ निको भएका थिए । शुक्रबार २५० निको भएका थिए । विहिबार २६४ जना निको भएका थिए ।

Logo