कोरोनासँगै रुघाखोकी र चिसोबाट बच्ने १० घरेलु उपाय

कोरोनासँगै रुघाखोकी र चिसोबाट बच्ने १० घरेलु उपाय

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
कोरोना भाइरसका कारण चिसो, खोकी, दम आदिको बिरामीलाई ज्यादा जोखिम हुन्छ । कोरोना भाइरसको लकडाउन र निषेधाज्ञाको अवधिमा, आफूलाई चिसो र रुघाखोकीबाट जोगाउन तपाईंले यी १० घरेलु उपचारहरु प्रयोग गर्न सक्नुहुन्छ ।

१. तुलसी पात र नुन
यदि तपाईंलाई रुघाखोकी तथा चिसोको जोखिम छ भने, कालो नुनसँग तुलसीको पातहरू खानुहोस् । नियमित रूपमा यसो गर्नाले तपाईंले चाँडै राहत पाउनु हुनेछ ।

२. हल्दी (बेसार) र दुध
हल्दी र दुध यस्ता समस्याको अचुक उपाय हो । त्यस्ता व्यक्तिले रातमा सुत्नु अघि हल्दी हालेको दूध पिउनु पर्छ । हल्दी हालेको दूध पिउँदा तपाईंको रुघाखोकी, चिसो पनि निको हुनेछ र स्वस्थ पनि रहिनेछ ।

३. कागती र अदुवा
चिसोको समस्या हुनेलाई कागती र अदुवाको रस दिनु पर्छ । कागती र अदुवाको दैनिक सेवनले यसबाट छुटकारा पाउन सकिन्छ ।

४. लसुन
यसैगरी लसुनलाई घ्यूमा भुटेर तातै खानुहोस् । यसो गर्नाले, चिसोबाट छुटकारा त पाइन्छ नै रोग प्रतिरोधात्मक क्षमता समेत बढ्छ ।

५. भुटेको चना
बेलुका सुत्नु भन्दा पहिले, भुटेको चना खाएर सुत्नुहोस् तातो दूध पिउनुहोस् । यसले सासनली सफा हुन्छ र रुघाखोकी र चिसोबाट छुटकरा मिल्छ ।

६. मसला चिया
यस्ता समस्याबाट राहत पाउन, तातो मसला चिया पिउनुहोस् । यसका लागि, अदुवा, तुलसी र मरीच चियामा मिक्स गर्नुहोस् । मसला चिया स्वादमा पनि मिठो हुन्छ र यस्ता समस्याबाट छुटकारा पनि दिन्छ ।

७. मरीच
सुत्नु अघि २–३ वटा मरीच चपाउनाले चिसोको समस्याबाट मुक्ति मिल्दछ । तुलसीको पातमा मरीच मिसाएर खाँदा पनि चिसो निको हुन्छ ।

८. गाँजरको जूस
जो सधैं खोकी र चिसोबाट पीडित छ उसले नियमित रूपमा गाँजरको रस पिउनु पर्छ । गाँजरको जूसले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ र खोकी र चिसोलाई निको पार्दछ ।

९. अदुवा र नुन
यदि चिसो र चिसोको कारणले घाँटी दुखिरहेको छ भने अदुवालाई सानो टुक्रा पारेर नुन मिलाएर खानुहोस् । यसो गर्दा चिसोको समस्या ठीक हुन्छ र घाँटी दुखाई पनि खुल्छ ।

१०. तातो पानी र नुनको साथ कुल्ला गर्ने
खोकी र चिसोबाट छुटकारा पाउन तातो पानीमा नुन हालेर कुल्ला गर्नुहोस् । रुघाखोकी र चिसोबाट छुटकारा पाउने यो धेरै सजिलो र प्रभावकारी घरेलु उपचार हो ।

Logo