पर्सामा आज स्वास्थ्यकर्मी, प्रहरी र पत्रकारसमेत १५६ संक्रमित थपिए

पर्सामा आज स्वास्थ्यकर्मी, प्रहरी र पत्रकारसमेत १५६ संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

पर्सा ।

पर्सामा आज थप १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालमा गए राति गरिएको परीक्षणमा १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

अस्पतालले जनाए अनुसार आज संक्रमित मध्ये बारा जिल्लाका ११ जना पनि छन् । १५६ जना संक्रमित मध्ये तीन वर्षीय बालकदेखि ७० वर्षका जेष्ठ नागरिकसम्म रहेका बताइएको छ ।

आज थपिएकामा स्वास्थ्यकर्मी, प्रहरी र पर्साका संचारकर्मीसमेत रहेको बताइएको छ । पछिल्ला दिनहरुमा वीरगंज कोरोना संक्रमणको केन्द्र जस्तै बन्दै गएको छ ।

Logo