चितवनमा उपचारको क्रममा मृत्यु भएका दुई जनामा कोरोना पोजेटिभ

चितवनमा उपचारको क्रममा मृत्यु भएका दुई जनामा कोरोना पोजेटिभ

केन्द्रबिन्दु
0
Shares

चितवन ।

चितवनको भरतपुर मेडिकल कलेजमा मृत्यु भएका दुई जनाको रिपोर्ट कोरोना पोजेटिभ पुष्टि भएको छ।

भरतपुर मेडिकल कलेजमा उपचार गराएका हेटौंडा ३ निवासी ६५ वर्षीय महिला र हेटौंडा ४ निवासी ५६ वर्षीय पुरुषमा कोरोना पोजेटिभ पुष्टि भएको हो।

६५ वर्षीया महिला गत साउन ३२ गते अस्पताल भर्ना भएकी थिइन् । उनको शनिवार साँझ ७ बजे मृत्यु भएको हो । यस्तै ५६ वर्षीय पुरुषको बिहीवार राति १० बजे मृत्यु भएको अस्पतालले जनाएको छ।

नेपालमा कोरोनाबाट हालसम्म १४६ जनाको मृत्यु भइसकेको छ । दुई दिनमै २० जनाको मृत्यु भएको छ । यस्तै हालसम्म ३१ हजार ११७ जनामा संक्रमण पुष्टि भएको छ भने १८ हजार ३५० जना निको भएका छन् ।

Logo