नेपालमा कोरोनाबाट दुई दिनमै २० जनाको मृत्यु

नेपालमा कोरोनाबाट दुई दिनमै २० जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २१६ सहित देशभर ६३४ नयाँ सङ्क्रमित थपिएका छन् । सङ्क्रमितमध्ये १८२ महिला र ४५२ पुरुष रहेका छन् ।

उपत्यकामा थपिएका सङ्क्रमितमध्ये काठमाडौँमा १६०, ललितपुरमा ६ र भक्तपुरका ५० जना रहेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरी १२ हजार ५१९ नमूना परीक्षण गरिएको थियो । हालसम्म पाँच लाख ९२ हजार ७१८ पिसीआर परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा निको भएर घर फर्कनेको सङ्ख्या १३६ रहेको छ भने हालसम्ममा १८ हजार ३५० जना सङ्क्रमबाट मुक्त भएका छन् ।

देशभरमा क्वारेन्टिनमा रहनेको सङ्ख्या ११ हजार ६५८ रहेको छ । त्यसैगरी १३५ जना आइसीयूमा उपचारत छन् भने १२ जनाले भेन्टिलेटरमा रही उपचार गराइराखेका मन्त्रालयले जानकारी गराएको छ ।

अहिलेसम्म मुस्ताङ, म्याग्दी र हुम्ला सङ्क्रमणरहित रहेका छन् भने मोरङ, पर्सा, महोत्तरी, रौतहट, सर्लाही र काठमाडौँमा ५०० भन्दा बढीको सङ्ख्यामा बिरामी रहेका मन्त्रालयले जानकारी गराएको छ । कोरोना परीक्षण गर्न स्वाब दिएपछि पनि खुलेआम हिँडेको भन्दै मन्त्रालयले नतिजा नआएसम्म क्वारेन्टिनमा बस्न आग्रह गरेको छ ।

छ वर्षीया बालिकासहित थप नौ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा कोभिड–१९ का कारण थप नौ जनाको मृत्यु भएसँगै देशभरमा सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या १४६ पुगेको छ । पछिल्लो विवरण अनुसार मृत्यु हुनेमा सुनसरीमा छ वर्षीया बालिकासहित एक पुरुष रहेका छन् । पर्सामा तीन पुरुषसहित बारा, सिरहा, मकवानपुर र भक्तपुरमा एक÷एक पुरुषको कारोनाका कारण मृत्यु भएको छ । यस्तै शुक्रबार पनि अहिले सम्मकै बढी ११ जनाको मृत्यु भएको थियो । दैनिक रुपमा मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ । संक्रमितहरुको संख्या पनि उच्च दरमा बढेको छ ।

Logo