उपचाररत एकजनामा संक्रमण पछि मध्यविन्दु अस्पतालमा अत्यावश्यक बाहेकका सेवा बन्द

उपचाररत एकजनामा संक्रमण पछि मध्यविन्दु अस्पतालमा अत्यावश्यक बाहेकका सेवा बन्द

केन्द्रबिन्दु
0
Shares

नवलपरासी ।

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार गराइरहेका एक बिरामीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पतालले अत्यावश्यकबाहेकका सेवा बन्द गरेको छ ।

अस्पतालमा भदौ २ गते उपचारका लागि आएका कावासोती नपा–१६ का ४० वर्षीय पुरुषमा भदौ ५ गते कोरोना सङ्क्रमण देखिएपछि अस्पतालले सूचना जारी गर्दै अत्यावश्यकबाहेकका सेवा बन्द गरेको हो । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा सुनिलराज गौतमका अनुसार ती पुरुषको भदौ ३ गते ‘न्याजोफ्यारिन्जियल’ स्वाब सङ्कलन गरी पठाइएकामा सङ्क्रमण पुष्टि भएपछि अस्पतालको आइसोलेसन कक्षमा उपचारका लागि राखिएको छ ।

“सङ्क्रमित बिरामीको सम्पर्कमा आएका चिकित्सक, स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीको केभिड–१९ परीक्षण गर्नु पर्ने र अस्पतालसमेत निर्मलीकरण गर्नु पर्ने भएकाले अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द गरिएको हो”, उनले भने। बिरामीको सम्पर्कमा आएका कर्मचारीको भदौ ८ गते स्वाब सङ्कलन गरी परीक्षण गरिने उल्लेख गर्दै डा गौतमले सोको रिपोर्ट प्राप्त नहुँदासम्मका लागि हाल अस्पतालबाट प्रदान गरिँदै आएका अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द रहने जानकारी गराए।

जिल्लामा हालसम्म ३८४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकामा ३३० जना उपचारपछि निको भएर घर गइसकेका स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईँले जानकारी दिए । उनका अनुसार हाल जिल्लाका विभिन्न क्वारेन्टिनमा ९६ तथा आइसोलेसनमा ५४ जना रहेका छन् ।रासस

Logo