कोरोना सङ्क्रमणबाट वाग्मती प्रदेशमा २९ को मृत्यु

कोरोना सङ्क्रमणबाट वाग्मती प्रदेशमा २९ को मृत्यु

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

विश्वव्यापीरूपमा फैलिएको कोरोना सङ्क्रमणका कारण वाग्मती प्रदेशमा हालसम्म २९ जनाको मृत्यु भइसकेको छ । मकवानपुरको हेटौँडामा पनि एक महिला र दुई पुुुरुषसहित तीन जनाको उक्त सङ्क्रमणबाट मृत्युु भइसकेको बताइएको छ । मकवानपुरमा हालसम्म सङ्क्रमितको सङ्ख्या २६० पुगेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार वाग्मती प्रदेशमा हालसम्म चार हजार ३४ जनामा कोरोना भाइरसको सङ्क्रमण देखा परेको छ ।

प्रदेशमा ७३४ जना कोरोना सङ्क्रमित उपचार पश्चात् घर फर्केका छन् । सङ्क्रमितमध्ये धेरैको आइसोलेसनमा उपचार भइरहेको छ । मन्त्रालयबाट प्राप्त जानकारी अनुसार कोरोना सङ्क्रमण जनस्तरमा फैलिन थालेपछि प्रदेश सरकारले कोरोना जाँच गर्ने दायरा बढाएको छ । प्रदेशका १३ जिल्लामध्ये सबैभन्दा बढी काठमाडौँमा सङ्क्रमित फेला परेकाले कडाइ गरिएको छ ।

यसैबीच कोरोना सङ्क्रमण नियन्त्रणका लागि हेटौंडामा जारी गरिएको निषेधाज्ञामा कडाइ गरिएको छ । निषेधाज्ञाका कारण हेटौँडा लगायत आसपास बजार पूर्ण रुपमा बन्द रहेको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले कोरोना जनसमुदायमा फैलिन थालेपछि भदौ ९ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको बताए ।

खोलाले बगाएर मृत्यु

मकवानपरमा सामरीखोलाले बगाएर ५७ वर्षीय व्यक्तिको आज मृत्य भएको छ । इलाका प्रहरी कार्यालय मकवानपरगढीका अनुसार मकवानपुरगढी गाउँपालिका वडा नं ३ का ५७ वर्षीय लालबहादुर सुनारको आज खोलाले बगाएर मृत्य भएको जानकारी प्राप्त भएको छ । मकवानपरगढीको डुम्रेकुनामा दूध पुर्याएर फर्किन लागेका सुनारलाई खोलाले बगाएको थियो । शव परीक्षणका लागि हेटौंडा अस्पताल पठाइएको बताइएको छ ।रासस

Logo