काठमाडौं उपत्यकामा हालसम्म ३,०९६ संक्रमित

काठमाडौं उपत्यकामा हालसम्म ३,०९६ संक्रमित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

काठमाडौं उपत्यकामा हालसम्म ३,०९६ संक्रमित देखिएका छन् । जस मध्ये काठमाडौंमा मात्र २,४५३ रहेका छन् । भक्तपुरमा २४४ र ललितपुरमा ३९९ पुगेका छन् ।

आज पनि २१६ संक्रमित थपिएका छन् । आज भक्तपुरमा ५०, ललितपुरमा ६ र काठमाडौंमा १६० रहेका छन् । शुक्रबार १८२ थपिएका थिए । विहिबार उपत्यकामा २०० जना थपिएका थिए ।

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १४६ पुगेको छ । आज ९ जनाको मृत्यु भएको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या ३१ हजार ११७ पुगेको छ । आज ६३४ जना थपिएका छन् । शुक्रबार ८३८ जना थपिएका थिए । विहिबार ७०७ जना थपिएका थिए । आज देशभर सक्रिय संक्रमितको संख्या १२,६२१ रहेका छन् । आज पिसिआर परिक्षणको संख्या १२५१९ रहेको छ ।

यस्तै निको हुनेको संख्या १८ हजार ३५० पुगेको छ । आज १३६ जना निको भएका छन् । शुक्रबार २५० निको भएका थिए । विहिबार २६४ जना निको भएका थिए । बुधबार १२० जना निको भएका थिए ।

Logo