आज ९ जनाको मृत्यु, कोरोनाबाट मृत्यु हुनेहरुको संख्या १४६ पुग्यो

आज ९ जनाको मृत्यु, कोरोनाबाट मृत्यु हुनेहरुको संख्या १४६ पुग्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १४६ पुगेको छ । आज ९ जनाको मृत्यु भएको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या ३१ हजार ११७ पुगेको छ । आज ६३४ जना थपिएका छन् । शुक्रबार ८३८ जना थपिएका थिए । विहिबार ७०७ जना थपिएका थिए । आज देशभर सक्रिय संक्रमितको संख्या १२,६२१ रहेका छन् । आज पिसिआर परिक्षणको संख्या १२५१९ रहेको छ ।

 

 

यस्तै निको हुनेको संख्या १८ हजार ३५० पुगेको छ । आज १३६ जना निको भएका छन् । शुक्रबार २५० निको भएका थिए । विहिबार २६४ जना निको भएका थिए । बुधबार १२० जना निको भएका थिए ।

काठमाडौं उपत्यकामा आज २१६ संक्रमित थपिएका छन् । आज भक्तपुरमा ५०, ललितपुरमा ६ र काठमाडौंमा १६० रहेका छन् । शुक्रबार १८२ थपिएका थिए । विहिबार उपत्यकामा २०० जना थपिएका थिए ।

Logo