एपिएफका ३६ खेलाडी कोरोना संक्रमित

एपिएफका ३६ खेलाडी कोरोना संक्रमित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

लकडाउनको समयमा सशस्त्र प्रहरी बल (एपिएफ) ले आबद्ध विभिन्न खेलका खेलाडी र स्टाफलाई सुरक्षामा खटाएको थियो । खेलकुद गतिविधि पूर्णरूपले ठप्प हुँदा एपिएफका ती खेलाडी र स्टाफ प्रदेश २ क्षेत्रको सिमानामा खटिएका थिए । साढे दुई महिनापछि ड्युटी सकाएर काठमाडौं फर्किएका ती खेलाडी र स्टाफको कोरोना परीक्षण हुँदा ३६ जना संक्रमित भएका छन् ।

जसमध्ये २९ खेलाडी तथा सात जना स्टाफमा कोरोना देखिएको एपिएफ स्रोतले बताएको छ । ‘रिपोर्ट अनुसार प्रदेश २ मा ड्युटीमा खटिएका खेलाडी र स्टाफमा कोरोना भेटिएको छ,’ एपिएफ स्रोतले भन्यो । कोरोना देखिएका सबैजसो खेलाडी सर्लाही सिमानामा कार्यरत रहेका थिए ।

लकडाउनको समयमा एपिएफले ८० खेलाडीलाई सीमा सुरक्षार्थ सिमानामा पठाएको थियो । जसमध्ये फुटबल, क्रिकेट, मार्सल आर्टका खेलाडी, प्रशिक्षक तथा रेफ्री थिए ।

अहिले संक्रमण भएकामध्ये ११ जना दुवाकोट तथा १८ जनालाई चोभारको क्वारेन्टाइनमा राखिएको छ । उनीहरूको अवस्था सामान्य रहेको छ । एपिएफले संक्रमित भएका खेलाडीहरूको नाम गोप्य राखेको छ । अहिले एपिएफमा अहिलेसम्म ३ सय ८८ जनामा संक्रमिण देखिएको छ ।नयाँ पत्रिकाबाट

Logo