वीरगञ्जमा एक कोरोना संक्रमितको मृत्यु

वीरगञ्जमा एक कोरोना संक्रमितको मृत्यु

केन्द्रबिन्दु
0
Shares

वीरगञ्ज ।

पर्सामा आज एक कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ । नारायणी अस्पतालको अस्थायी कोभिड उपचार केन्द्र वीरगञ्ज हेल्थकेयरमा भर्ना भएका वीरगञ्ज महानगरपालिका वडा नं १० रानीघाट निवासी ४८ वर्षीय पुरुषको आज अपराह्न १ बजे मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि गत साउन ३१ गते उपचारका लागि नारायणी अस्पतालमा पुगेका उनको साउन ३२ गते पिसिआर परीक्षण गर्दा पोजेटिभ देखिएपछि हेल्थकेयरमा भर्ना गरी उपचार गरिँदै आएको अस्थायी कोभिड उपचार केन्द्र गण्डकका संयोजक डा उदयनारायण सिंहले जानकारी दिए । ज्वरो, खोकी तथा श्वासप्रश्वास रोगबाट ग्रसित उनलाई स्वास्थ्यावस्था बिग्रिँदै गएपछि साउन ३२ गते नै हेल्थकेयर अस्पतालको सघन उपचार कक्षमा भर्ना गरिएको थियो ।

यससँगै कोरोना संक्रमणकै कारण हालसम्म २५ पर्सावासीको मृत्यु भइसकेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।रासस

Logo