सबैभन्दा बढी कोरोना संक्रमित काठमाडौंमा, हटस्पटको खतरा (भिडियोसहित)

सबैभन्दा बढी कोरोना संक्रमित काठमाडौंमा, हटस्पटको खतरा (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

विश्वभर कोरोना भाइरसको महामारी फैलिएको छ । पछिल्लो तथ्यांक अनुसार विश्वभर कोरोना भाइरसको संक्रमणबाट २ करोड २८ लाख ७४ हजारभन्दा संक्रमित भएका छन् । त्यस्तै भाइरसको संक्रमणबाट ७ लाख ९७ हजार २७१ जना भन्दा बढीको मृत्यु भएको छ भने संक्रमित मध्ये १ करोड ५५ लाख २७ हजार भन्दा बढी निको भएका छन् ।

नेपालमा पनि कोरोना भाइरसको संक्रमणबाट ३० हजार ४८३ जना संक्रमित भएका छन् । कोभिड १९ को संक्रमणबाट १३७ जनाको मृत्यु भएको छ भने १८ हजार २१४ जना निको भएका छन् । पछिल्लो समय देशभर कोरोना संक्रमितको संख्या बढ्दो छ ।

भिडियो :

देशको राजधानी काठमाडौं उपत्यका भने हटजोन बन्ने खतरा बढ्दो छ । अहिलेसम्म काठमाडौं उपत्यकामा २ हजार ८ सय ८० जना संक्रमित देखिएका छन् । जसमा काठमाडौंमा मात्रै दुई हजार २ सय ९३ जना, ललितपुरमा ३९३ जना र भक्तपुरमा १९४ जना संक्रमित रहेका छन् । पछिल्लो एक साताको तथ्यांक विश्लेषण गर्दा उपत्यकामा सरदर दैनिक एक सय भन्दा बढीको हाराहारीमा संक्रमित थपिइरहेका छन् ।

काठमाडौं महानगरमा सोमबार एक सय १३, मंगलबार एक सय २७, बुधबार एक सय ३४ र बिहीबार एक सय ७४ संक्रमित थपिएका छन् । बिहीबार मात्रै उपत्यकामा दुई सय जना संक्रमित थपिएका छन् । जसमा काठमाडौंमा एक सय ७४, ललितपुरमा १८ र भक्तपुरमा आठ जनामा संक्रमण पुष्टि भएको छ । शुक्रबार पनि १८२ जना थपिए ।

उपत्यकाका टोल टोलमा कोरोनाका बिरामी देखा पर्न थालेका छन् । काठमाडौं महानगरका ३२ वटै वडामा संक्रमण देखिएको छ । वडा नम्बर ३२ का तीनकुने, कोटेश्वर, नरेफाँट, महादेवस्थान, जडिबुटी लगायतका ठाउँमा ९१ जना संक्रमित भेटिएका छन् । भीमसेनस्थान क्षेत्रको वडा नम्बर २० मा २ जना मात्र संक्रमित भेटिएका छन् । उता टोखा नगर क्षेत्रमा ८० जना संक्रमित भेटिएका छन् ।

संक्रमणबाट उपत्यकामा मात्रै ११ जनाको ज्यान गइसकेको छ । तीमध्ये सातजना काठमाडौं महानगरका बासिन्दा हुन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, काठमाडौं महानगरपालिकास्थित जनस्वास्थ्य महाशाखा, वडाका स्वास्थ्य शाखाबीच प्रभावकारी समन्वय हुन नसक्दा कोरोना संक्रमितहरूको पहिचान र व्यवस्थापन राम्ररी हुन सकेको छैन ।

 

Logo