एकै दिन ११ जनाको मृत्यु, नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १३७ पुग्यो

एकै दिन ११ जनाको मृत्यु, नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १३७ पुग्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १३७ पुगेको छ । आज सबैभन्दा धेरै ११ जनाको मृत्यु भएको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या ३० हजार ४८३ पुगेको छ । आज ८३८ जना थपिएका छन् । विहिबार ७०७ जना थपिएका थिए । बुधबार ६८१ जना थपिएका थिए । मंगलबार १,०१६ जना थपिएका थिए । आज देशभर सक्रिय संक्रमितको संख्या १२,१६२ रहेका छन् ।

यस्तै निको हुनेको संख्या १८ हजार २१४ पुगेको छ । आज २५० जना निको भएका छन् । विहिबार २६४ जना निको भएका थिए । बुधबार १२० जना निको भएका थिए । मंगलबार ८५ जना निको भएका थिए ।

काठमाडौं उपत्यकामा आज १८२ संक्रमित थपिएका छन् । आज भक्तपुरमा १५, ललितपुरमा २५ र काठमाडौंमा १४२ रहेका छन् । हिजो उपत्यकामा २०० जना थपिएका थिए ।

Logo