कोरोनाबाट मृत्यु भएका काभ्रेका बृद्धको परिवारका ९ जनामा संक्रमण

कोरोनाबाट मृत्यु भएका काभ्रेका बृद्धको परिवारका ९ जनामा संक्रमण

केन्द्रबिन्दु
0
Shares

काभ्रे ।

काभ्रे जिल्लामा कोरोना संक्रमणबाट मृत्यु भएका ९८ बर्षीय वृद्धको परिवारमा ९ जनामा कोरोना पुष्टि भएको छ ।

धुलिखेल अस्पतालमा उनको उपचारका क्रममा सोमबार मृत्यु भएको थियो । कोरोनाबाट मृत्यु भएका वृद्धको शव मंगलबार नै पशुपतिनाथस्थित विद्युतिय शव गृहमा अन्त्येष्टी गरिएको थियो ।

कोरोनाबाट मृत्यु भएका उनको परिवारमा मंगलबार थप ७ जनामा गरि ९ जनामा कोरोना संक्रमण देखिएको हो। कोरोना देखिएका दुई जना छोरा बुहारी बानेश्वारमा होम क्वारेन्टाईनमा बसेका छन् । ७ जना धुलिखेल अस्पतालमा उपचार गराइरहेका छन् ।

यससँगै जिल्लामा हालसम्म १०३ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये २ जनाको मृत्यु भएको छ भने ३८ जना निको भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख नरेन्द्र कुमार झाले बताए ।

Logo