वीरगन्जमा थप एक कोरोना संक्रमितको मृत्यु

वीरगन्जमा थप एक कोरोना संक्रमितको मृत्यु

केन्द्रबिन्दु
0
Shares

वीरगन्ज ।

वीरगन्जमा बिहीबार थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। वीरगन्ज महानगरपालिका १५ का ७४ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो।

वीरगन्ज हेल्थ अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा उनको बिहीबार साँझ मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।

मृतक क्षयरोग, मधुमेह र उच्च रक्तचापका विरामी समेत रहेका थिए । उनी ज्वरो, खोकीका साथै निमोनियाको समस्या देखिएपछि साउन २ गते नारायणी अस्पतालमा भर्ना भएका थिए।

योसँगै वीरगन्जमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३२ पुगेको छ। साउनमा मात्रै २९ जनाको मृत्यु भएको हो ।

Logo