आज ६ जनाको मृत्यु, नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १२६ पुग्यो

आज ६ जनाको मृत्यु, नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १२६ पुग्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १२६ पुगेको छ । आज ६ जनाको मृत्यु भएको छ । हिजो पनि ६ जना नै थपिएका थिए । मंगलबार ७ जनाको मृत्यु भएको थियो । सोमबार ३ जनाको मृत्यु भएको थियो । यस्तै आइतबार पर्सा र मोरंगमा एक, एक जनाको मृत्यु भएको थियो । संक्रमित शुन्य भएका जिल्ला ४ वटा छन् ।

नेपालमा कोरोना संक्रमितको संख्या २९ हजार ६४५ पुगेको छ । आज ७०७ जना थपिएका छन् । बुधबार ६८१ जना थपिएका थिए । मंगलबार १,०१६ जना थपिएका थिए । यस्तै सोमबार ५८१ जना थपिएका थिए । आज देशभर सक्रिय संक्रमितको संख्या ११,५५५ रहेका छन् ।

यस्तै निको हुनेको संख्या १७ हजार ९६४ पुगेको छ । आज २६४ जना निको भएका छन् । बुधबार १२० जना निको भएका थिए । मंगलबार ८५ जना निको भएका थिए । सोमबार १६० निको भएका थिए । आइतबार १३४ जना निको भएका थिए ।

काठमाडौं उपत्यकामा आज २०० संक्रमित थपिएका छन् । आज भक्तपुरमा ८, ललितपुरमा १८ र काठमाडौंमा १७४ रहेका छन् । हिजो उपत्यकामा १५९ जना थपिएका थिए ।

Logo