नेपालमा प्रदेश अनुसार संस्थागत सक्रिय सङ्क्रमित कति ?

नेपालमा प्रदेश अनुसार संस्थागत सक्रिय सङ्क्रमित कति ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

उपत्यकामा १५९ सहित देशभरमा ६८१ नयाँ सङ्क्रमित थपिएका छन् । बुधबार थपिएका सङ्क्रमितमध्ये ४६५ पुरुष र २१६ महिला छन् । उपत्यकामा थपिएका सङ्क्रमितमध्ये काठमाडौंमा १३४, ललितपुरमा १७ र भक्तपुरका आठ रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरी ११ हजार ५२२ नमूना परीक्षण भएको थियो । हालसम्म पाँच लाख ५४ हजार ३८८ नमूना परीक्षण भइसकेको छ ।

देशभरमा गरी पछिल्लो २४ घण्टामा १२० जना सङ्क्रमित निको भएका छन् । हालसम्म निको हुनेको सङ्ख्या १७ हजार ७०० रहेको छ । यो जम्मा सङ्क्रमितमध्ये ६१ दशमलव २ प्रतिशत हो । देशभरमा क्वारेइन्टिनमा रहनेको सङ्ख्या १३ हजार ५७१ रहेको छ । देशभर जम्मा ११ हजार ११८ सक्रिय सङ्क्रमितमध्ये सात हजार ९२७ संस्थागत आइसोलेसन र तीन हजार १३१ होम आइसोलेसनमा रहेका छन् ।

प्रदेश अनुसार संस्थागत सक्रिय सङ्क्रमित प्रदेश नं १ मा एक हजार ६०, प्रदेश नं २ मा दुई हजार ३७, बाग्मती प्रदेशमा दुई हजार ६७९, गण्डकी प्रदेशमा ४ मा २८८, प्रदेश नं ५ मा ८३८, कर्णाली प्रदेशमा २४५ र सुदुर पश्चिम प्रदेशमा ८३० रहेका छन् । त्यस्तै, होम आइसोलेनमा प्रदेश नं १ मा २०५, प्रदेश नं २ मा दुई हजार ५४५, बाग्मती प्रदेशमा १११, गण्डकी प्रदेशमा २७, प्रदेश नं ५ मा २०४, कणार्ली प्रदेशमा ११ र सुदुर पश्चिम प्रदेशमा २८ रहेका छन् ।

देशभरमा गरी ११३ सङ्क्रमित आइसियुमा छन् । प्रदेश नं १ मा १०, प्रदेश नं २ मा ४६, बाग्मती प्रदेशमा ५७, गण्डकी प्रदेशमा छ र प्रदेश नं ५ मा १२ जना आइसियूमा रहेका छन् । बाग्मती प्रदेशमा छ जना सङ्क्रमित भेण्टिलेटरमा रहेका छन् । नेपालमा प्रति १० लाख जनसङ्ख्यामा आजसम्म १८ हजार ९९८ जनामा पिसिआर परीक्षण भएको छ भने प्रति १० लाख जनसङ्ख्यमा मृत्यु ४ दशमलव १ रहेको छ । मन्त्रालयको कल सेन्टरमा पछिल्लो २४ घण्टामा ८३० कल प्राप्त भएको पनि डा गौतमले बताए।

जिल्लागत रुपमा काठमाडौँमा १३४, ललितपुरमा १७ र भक्तपुरका आठ नयाँ सङ्क्रमित फेला परेका छन् । ओखढुङ्गामा एक, झापामा १६, पाँचथरमा एक, मोरङमा ६९, सुनसरी ३६, धनुषा २८, पर्सा १०८, बारा १५, महोतरी १२, रौतहट चार, सप्तरी १३, सर्लाही १९, सिराहा १९ जना सङ्क्रमित फेला परेका छन् । त्यस्तै, चितवन २४, धादिङ्ग एक, कास्की पाँच, गोरखा तीन, तनहुँ चार, नवलपरासी पूर्ब १२, लमजुङ तीन, कपिलबस्तु छ, दाङ तीन, नवलपरासी एक, पाल्पा एक, प्युठान दुई र बर्दिया दुई छन् । बाँके १८, रुपन्देही ५२, जुम्ला नौ, दैलेख चार, सल्यान १७, सुर्खेत १३, अछाम तीन, कैलाली तीन र डोटीमा चार जनामा सङ्क्रमण पुष्टि भएको हो ।

थप छ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा कोभिडका कारण थप छ जनाको मृत्यु भएसँगै देशभरमा सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या १२० पुगेको छ । पछिल्लो विवरण अनुसार, मृत्यु हुनेमा काठमाडौँ र बर्दियाका एक÷एक जना पुरुष, मोरङ, भक्तपुर, चितवान र सुनसरीका महिला छन् । प्रवक्ता गौतमले मेडिकल कलेजले जम्मा श्ययामध्ये एक तिहाई र निजी अस्पतालले २० प्रतिशत श्यया छुट्टाउनु पर्ने बताए । सङ्क्रमण अझै केही वर्षसम्म रहन सक्ने विश्व स्वास्थ्य सङ्गठनले बताएकाले त्यसको तयारीका लागि अस्पतालले श्यया छुट्टाउनु पर्ने उनको भनाइ छ ।

निजी अस्पतालमा उपचारका लागि आउने जो कोहीलाई कोरोना देखिन सक्ने उनको भनाइ छ । कोभिडका लागि श्यया छुट्याउने अस्पताललाई कोभिड परीक्षणको अनुमति दिइने उनले जानकारी दिए। सरकारी अस्पतालका श्यया भरिँदै गएकाले पनि निजीले तयारी गर्नुपर्नेमा उनको जोड छ । उनले भने, “अरु रोगको उपचारका लागि आएका बिरामीलाई कोरोना पुष्टि भएमा त्यही राखेर उपचार गर्नुपर्छ ।”

Logo