कोरोनाको सेरोलजिकल टेष्टबारे के भन्छन् डा. बासुदेव पाण्डे ? (भिडियो)

कोरोनाको सेरोलजिकल टेष्टबारे के भन्छन् डा. बासुदेव पाण्डे ? (भिडियो)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

देशभरी कोरोना संक्रमणको दर बढ्दै गएपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सेरोलजिकल टेस्टको तयारी गरेको छ ।

पछिल्लो केही हप्ता यता उपत्यका लगायत देशभरी नै संक्रमण र मृत्युदर बढ्दै गएपछि महाशाखाले सेरोलजिकल टेस्टको तयारी गरेको हो । संक्रमणको जोखिम कुन तहसम्म पुगेको छ भनेर अध्ययन गर्न सेरोलजिकल टेस्टको तयारी गरिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बासुदेव पाण्डेले बताए ।

कहिलेबाट परीक्षण सुरु गर्ने भन्ने तय नभए पनि देशभरी नै हिमाल पहाड र तराईका जिल्ला समेटेर परीक्षण गरिने उनले बताए । सेरोलजिकल परीक्षणमा ‘कति केसहरु समुदायमा छन् ? कस्तो अवस्थमा छ?’ भन्ने कुरा पत्ता लगाउने उनले बताए । तथ्याङ्क विभागले जनसंख्याको सर्वेक्षण गर्न प्रयोग गर्ने विधि अनुसार नै नमुना संकलन गरिने उनले बताए ।

कालाजार, डेङ्गी र मलेरिया लगायतका महामारीको परीक्षणका लागि समेत प्रयोग हुने उक्त विधि कोरोना संक्रमणको जोखिम कति भनेर अध्ययन गर्न प्रयोग गर्न लागिएको हो । ९० जनाको नमुना एउटै ठाउँमा राखेर परीक्षण गरिने र एक दिनमा परीक्षण हुने उनले बताए । परीक्षणपछि कुनै व्यक्तिमा संक्रमण पहिले र अहिले छ की छैन भन्ने कुरा यसले पत्ता लगाउने डा.पाण्डेले बताए । हेरौं यो भिडियोमा :

 

Logo