आज ६ जनाको मृत्यु, नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १२० पुग्यो

आज ६ जनाको मृत्यु, नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १२० पुग्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १२० पुगेको छ । आज ६ जनाको मृत्यु भएको छ । मंगलबार ७ जनाको मृत्यु भएको थियो । सोमबार ३ जनाको मृत्यु भएको थियो । आइतबार पर्सा र मोरंगमा एक, एक जनाको मृत्यु भएको थियो । यस्तै शनिबार ३ जनाको मृत्यु भएको थियो । संक्रमित शुन्य भएका जिल्ला ४ वटा छन् । आज देशभर सक्रिय संक्रमितको संख्या ११,११८ रहेका छन् ।

नेपालमा कोरोना संक्रमितको संख्या २८ हजार ९३८ पुगेको छ । आज ६८१ जना थपिएका छन् । मंगलबार १,०१६ जना थपिएका थिए । सोमबार ५८१ जना थपिएका थिए । यस्तै आइतबार ६४१ जना थपिएका थिए ।

यस्तै निको हुनेको संख्या १७ हजार ७०० पुगेको छ । आज १२० जना निको भएका छन् । मंगलबार ८५ जना निको भएका थिए । सोमबार १६० निको भएका थिए । आइतबार १३४ जना निको भएका थिए ।

काठमाडौं उपत्यकामा आज १५९ संक्रमित थपिएका छन् । आज भक्तपुरमा ८, ललितपुरमा १७ र काठमाडौंमा १३४ रहेका छन् ।

Logo