थपिए ६८१ नयाँ संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या २८,९३८ पुग्यो

थपिए ६८१ नयाँ संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या २८,९३८ पुग्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालमा कोरोना संक्रमितको संख्या २८ हजार ९३८ पुगेको छ । आज ६८१ जना थपिएका छन् । मंगलबार १,०१६ जना थपिएका थिए । सोमबार ५८१ जना थपिएका थिए । यस्तै आइतबार ६४१ जना थपिएका थिए । आजसम्म ११,११८ सक्रिय संक्रमित रहेका छन् ।

यस्तै निको हुनेको संख्या १७ हजार ७०० पुगेको छ । आज १२० जना निको भएका छन् । मंगलबार ८५ जना निको भएका थिए । सोमबार १६० निको भएका थिए । आइतबार १३४ जना निको भएका थिए ।

काठमाडौं उपत्यकामा आज १५९ संक्रमित थपिएका छन् । आज भक्तपुरमा ८, ललितपुरमा १७ र काठमाडौंमा १३४ रहेका छन् ।

 

Logo