कोरोनाले वीरगन्जमा थप २ जनाको मृत्यु, पर्सामा मृतकको कूल संख्या ३० पुग्यो

कोरोनाले वीरगन्जमा थप २ जनाको मृत्यु, पर्सामा मृतकको कूल संख्या ३० पुग्यो

केन्द्रबिन्दु
0
Shares

वीरगन्ज ।

पछिल्लो समय कोरोनाको केन्द्र बनेको वीरगन्जमा कोरोना संक्रमणका कारण आज थप २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका वडा नम्बर ४ का ८४ वर्षीय पुरुष र वडा नं. १५ का ५७ वर्षीय पुरुष रहेका छन् ।

वडा नं. ४ का ८४ वर्षीय पुरुषको गण्डक अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा गए राति साढे १० बजे मृत्यु भएको हो । उनी निमोनियाको समस्याले अस्पताल भर्ना भएका थिए ।

उपचारकै क्रममा उनको स्वाब संकलन गरी पीसीआर परिक्षण गर्दा उनमा कोरोना पुष्टि भएको थियो। यस्तै १५ भिस्वाका ५७ वर्षीय पुरुष नारायणी अस्पतालमा मङगलबार दिउसो साढे ३ बजे मृत्यु भएको हो ।

अब वीरगन्जमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३० पुगेको छ। साउनमा मात्रै २६ जनाको मृत्यु भएको छ ।

Logo