वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक संक्रमित महिलाको मृत्यु

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक संक्रमित महिलाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

धरान।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

मंगलबार विहान अस्पताल भर्ना भएकी ६७ वर्षीया बृद्धाको साँझ मृत्यु भएको अस्पतालले जनाएको छ ।

बूढीगंगा २ मोरङकी ती मृतकमा मुटुमासमेत समस्या थियो । विराट मेडिकलमा उपचार भइरहेकी उनको त्यहाँ उपचार सम्भव नभएपछि मंगबार धरान ल्याइएको थियो ।

रुखा खोकी, ज्वरोसँगै स्वासप्रश्वासमा समस्या आएपछि उनको मृत्यु भएको बताइएको छ ।

Logo