तनहुँमा कोरोनाको लक्षण भएकी युवतीको मृत्यु

तनहुँमा कोरोनाको लक्षण भएकी युवतीको मृत्यु

केन्द्रबिन्दु
0
Shares

तनहुँ ।

तनहुँको बन्दीपुर गाउँपालिका–६ निवासी २९ वर्षीया एक युवतीको मंगलबार पोखरामा मृत्यु भएको छ । ग्यालेक्सी अस्पताल पोखरा पुगेको आधा घण्टामै ती युवतीको मृत्यु भएको हो ।

श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई मंगलबारै पोखरा पठाइएको थियो । डुम्रेस्थित एक मेडिकलमा सामान्य उपचार पश्चात् उनलाई पोखरा पठाइएको बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए ।

ती युवतीमा कोरोना सङ्क्रमणको लक्षण रहेकाले क्षयरोग उपचार केन्द्रमा नमूना परीक्षणका लागि पठाइएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए।रासस

Logo