काभ्रेमा आज सम्मकै धेरै संक्रमित, एकै दिन २१ जना थपिए

काभ्रेमा आज सम्मकै धेरै संक्रमित, एकै दिन २१ जना थपिए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

काभ्रेमा आज एकै दिन २१ जना कोरोना संक्रमित थपिएका छन् । जस मध्ये १ जनाको मृत्यु भएको छ । यो संख्या हालसम्मकै उच्च हो । यो सँगै जिल्लामा कोरोना संक्रमितको संख्या १ सय नाघेको छ । जस मध्ये ३२ जना निको भएका छन् भने २ जनाको मृत्यु भएको छ ।

आज नेपालभर कोरोना संक्रमित ७ जनाको मृत्यु भएको छ । काभ्रे, नवलपरासी, मोरड, धनुषा, बाँके र कास्कीका १,१ जना पुरूष र तनहुँ जिल्लाका एक जना महिला गरि आज ७ जनाको मृत्यु भएको हो । यो सँगै अब मृत्यु हुनेको संख्या ११४ पुगेको छ ।

आज काठमाडौं उपत्यकामा २०५ संक्रमित थपिएका छन् । जस मध्ये ललितपुरमा ५०, भक्तपुरमा १७ र काठमाडौंमा १३८ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । काठमाडौंमा हिजो पनि १७२ जना थपिएका थिए । यो सँगै काठमाडौं उपत्यकामा संक्रमितको संख्या २ हजार ३३९ पुगेको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या २८ हजार २५७ पुगेको छ । आज १,०१६ जना थपिएका छन् । सोमबार ५८१ जना थपिएका थिए । आइतबार ६४१ जना थपिएका थिए । यस्तै शनिबार ४६८ थपिएका थिए ।

यस्तै निको हुनेको संख्या १७ हजार ५८० पुगेको छ । आज ८५ जना निको भएका छन् । सोमबार १६० निको भएका थिए । आइतबार १३४ जना निको भएका थिए । यस्तै शनिबार १२४ जना निको भएका थिए ।

मृत्यु हुनेको संख्या ११४ पुगेको छ । आज ७ जनाको मृत्यु भएको छ । सोमबार ३ जनाको मृत्यु भएको थियो । आइतबार पर्सा र मोरंगमा एक, एक जनाको मृत्यु भएको थियो । शनिबार ३ जनाको मृत्यु भएको थियो । यस्तै शुक्रबार ५ जनाको मृत्यु भएको थियो । संक्रमित शुन्य भएका जिल्ला ४ वटा छन् ।

Logo