थपिए १,०१६ नयाँ संक्रमित , नेपालमा कोरोना संक्रमितको संख्या २८,२५७ पुग्यो

थपिए १,०१६ नयाँ संक्रमित , नेपालमा कोरोना संक्रमितको संख्या २८,२५७ पुग्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
नेपालमा कोरोना संक्रमितको संख्या २८ हजार २५७ पुगेको छ । आज १,०१६ जना थपिएका छन् । सोमबार ५८१ जना थपिएका थिए । आइतबार ६४१ जना थपिएका थिए । यस्तै शनिबार ४६८ थपिएका थिए ।

यस्तै निको हुनेको संख्या १७ हजार ५८० पुगेको छ । आज ८५ जना निको भएका छन् । सोमबार १६० निको भएका थिए । आइतबार १३४ जना निको भएका थिए । यस्तै शनिबार १२४ जना निको भएका थिए । हालसम्म ६५ प्रतिशत निको भएका छन् ।

मृत्यु हुनेको संख्या ११४ पुगेको छ । आज ७ जनाको मृत्यु भएको छ । सोमबार ३ जनाको मृत्यु भएको थियो । आइतबार पर्सा र मोरंगमा एक, एक जनाको मृत्यु भएको थियो । शनिबार ३ जनाको मृत्यु भएको थियो । यस्तै शुक्रबार ५ जनाको मृत्यु भएको थियो । संक्रमित शुन्य भएका जिल्ला ४ वटा छन् ।

Logo