थपिए ५८१ नयाँ संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या २७,२४१ पुग्यो

थपिए ५८१ नयाँ संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या २७,२४१ पुग्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालमा कोरोना संक्रमितको संख्या २७ हजार २४१ पुगेको छ । आज ५८१ जना थपिएका छन् । आइतबार ६४१ जना थपिएका थिए । शनिबार ४६८ थपिएका थिए । यस्तै शुक्रबार ५९४ थपिएका थिए । हाल सक्रिय संक्रमितको संख्या ९,६३९ रहेको छ । आज ११,५२० को परिक्षण गरिएको थियो ।

यस्तै निको हुनेको संख्या १७ हजार ४९५ पुगेको छ । आज १६० जना निको भएका छन् । आइतबार १३४ जना निको भएका थिए । शनिबार १२४ जना निको भएका थिए । यस्तै शुक्रबार २४० जना निको भएका थिए । हालसम्म ६५ प्रतिशत निको भएका छन् ।

मृत्यु हुनेको संख्या १०७ पुगेको छ । आज ३ जनाको मृत्यु भएको छ । आइतबार पर्सा र मोरंगमा एक, एक जनाको मृत्यु भएको थियो । शनिबार ३ जनाको मृत्यु भएको थियो । यस्तै शुक्रबार ५ जनाको मृत्यु भएको थियो । संक्रमित शुन्य भएका जिल्ला ४ वटा छन् ।

आज काठमाडौं उपत्यकामा १६८ संक्रमित थपिएका छन् । जस मध्ये ललितपुरमा १५, भक्तपुरमा १४ र काठमाडौंमा १३९ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । काठमाडौंमा हिजो पनि १७२ जना थपिएका थिए । यो सँगै काठमाडौं उपत्यकामा संक्रमितको संख्या २ हजार नाघेको छ ।

Logo