पर्सामा ७ स्वास्थ्यकर्मी र एक जनप्रतिनिधीसहित ३३ संक्रमित थपिए

पर्सामा ७ स्वास्थ्यकर्मी र एक जनप्रतिनिधीसहित ३३ संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

पर्सा ।

पर्सामा आज थप ३३ जनामा कोरोना संक्रमण देखिएको छ । आज देखिएका मध्ये जिल्लाको एक नगरपालिकाका मेयर समेत संक्रमित भएका छन् । यस्तै स्वास्थ्यकर्मीमा पनि संक्रमण देखिएको छ ।

२६ साउनमा पर्साको पोखरिया नगरपालिकाकाका ३४ जनाको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएकोमा ३३ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ।

पोखरिया अस्पतालमा कार्यरत ४ डाक्टर र ३ नर्स पनि संक्रमित भेटिएका छन् । पर्साको वीरगंज पछिल्ला दिनहरुमा कोरोना संक्रमणको केन्द्र नै बनेको छ । यहाँ हालसम्म करिव १३ सय संक्रमित देखिएका छन् भने २२ जनाको मृत्यु भइसकेको छ ।

Logo